साताको तेस्रो दिन आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ६ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ ५ सय ५० रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँ प्रतितोला रहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि ५ रूपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार ५ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।