दैनिक ३० किलो सुन आयातको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2021 | 06:20:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सुन व्यवसायीहरुले सुनको आयात तथा बिक्रि सूचारु गर्न माग गरेका छन् । कोभिड–१९ को नियन्त्रणको क्रममा बैशाख १६ गते देखि लकडाउन घोषणा गरिए पश्चात व्यापार, व्यवसाय लगायतका क्षेत्रहरु बन्द हुँदा सुनको आयात पनि बन्द भएकाले अब आयात सूचारु गर्न व्यवसायीले माग गरेका छन् ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले लकडाउनका कारण वाणिज्य बैंकहरुले विक्री वितरण गर्ने सुनको आपूर्ति पनि बन्द भएको र असार ८ गतेदेखि बार र समय अनुसार सुन, चाँदी गहना आदि आभुषण क्षेत्र पनि चालू भएको जनाएको छ । 

गहना व्यवसाय सुचारु भएको अवस्थामा बैंकबाट विक्री वितरण हुने सुनको आपूर्तिलाई पनि पुनः सुचारु गर्ने निर्णय गर्न महासंघले राष्ट्र बैंक समक्ष अनुरोध गरेको छ । 

महासंघले साविकमा दैनिक २० के.जी. सुन विक्री वितरण हुँदै आएकोमा लामो समय पश्चात बजार खुलेको र निकट भविष्यमा नै प्रमुख चाड–पर्वहरुको समय पनि आउने भएकोले विगतमा विक्री–वितरण नभएको सुनको परिमाण समेतलाई मनन गर्दै दैनिक ३० के.जी. सुन विक्री वितरणको व्यवस्था गर्न राष्ट्र बैंक समक्ष अनुरोध गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved