सुनको भाउमा ३ सयको गिरावट, कतिमा हुँदैछ किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2021 | 10:53:29 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ ३ सय रुपैयाँले घटेर ९० हजार २ सय रुपैयाँ प्रतितोला रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि ५ रूपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ७ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार ३ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १० रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved