सुनकाे भाउ यथावत् रहँदा चाँदी भने बढ्याे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2021 | 10:47:57 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको छैटाैँ दिन आज शुक्रबार सुनको भाउ यथावत् रहेकाे  छ । बिहिबार तोलाको ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज यथावत् रहेर ९० हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि यथावत् ९० हजार रुपैयाँ प्रतितोला रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ भने ५ रूपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ५ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार १ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved