सुनको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2021 | 11:06:19 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार सुनको भाउ सामान्य घटेको छ । सोमबार तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज १ सयले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि १ सयले नै  घटेर ९० हजार १ सय रुपैयाँ प्रतितोला रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि ५ रुपैयाँले घटेर १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ६ सय ७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार २ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय १४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved