तोलामा ८ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2021 | 11:50:27 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ८ सयले बढेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ ७ सय ५० रुपैयाँले बढेर ९० हजार ३ सय रुपैयाँ प्रतितोला रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि २० रुपैयाँले बढेर १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ८ सय ४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार ४ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय २३ रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved