बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2021 | 11:41:40 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँ पुगेको हो । तेजाबीको भाउ पनि आज तोलामा ३ सयले नै बढेर ९२ हजार २ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ४७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय २७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved