बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2021 | 12:43:08 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ९३ हजार २ सय रुपैयाँ पुगेको हो । तेजाबीको भाउ पनि आज तोलामा ५ सयले नै बढेर ९२ हजार ७ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ९०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ४७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ३१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved