तोलामा ७ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2021 | 11:16:50 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९३ हजार २ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँ प्रतितोलामा किनबेच भईरहेको छ । तेजाबीको भाउ पनि आज तोलामा ७ सयले नै घटेर ९२ हजार रुपैयाँमा झरेको छ ।

आज चाँदीको भाउ पनि तोलामा एकैपटक २० रुपैयाँले घटेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ८७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved