आज पनि घट्यो सुनको भाउ, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2021 | 11:16:00 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार पनि सुनको भाउ घटेको छ । बुधबार तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँ प्रतितोलामा किनबेच भईरहेको छ । तेजाबीको भाउ पनि आज तोलामा ७ सयले नै घटेर ९१ हजार ३ सय रुपैयाँमा झरेको छ ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २७० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ७०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार २७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved