सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2021 | 11:25:01 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको ९१ हजार २ सय पुगेको छ । 

तेजाबी सुनको भाउ पनि आज तोलामा ६ सय रुपैयाँले नै बढेर ९० हजार ७ सय पुगेको छ ।

आज चाँदीको भाउ भने तोलाको १२ सय रुपैयाँमा स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार १९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार ७६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार २९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved