तोलामा ५ सयले सस्तियो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2021 | 11:15:37 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ घटेको छ । हिजो बुधबार तोलाको ९० हजार १ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर ८९ हजार ६ सयमा आईपुगेको छ । 

तेजाबी सुनको भाउ पनि आज तोलामा ५ सयले नै घटेर ८९ हजार १५० रुपैयाँमा आएको छ ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर ११ सय ५५ रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ८२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ४३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ९ सय ९० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved