सुनको भाउमा समान्य गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2021 | 12:57:42 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर ८९ हजारमा आईपुगेको हो ।

तेजाबीको भाउ पनि आज तोलामा ३ सयले नै घटेर ८८ हजार ५५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर ११ सय ५५ रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ३०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७५ हजार ९२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ९९० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved