सुनको भाउमा भारी वृद्धि, कतिमा हुँदैछ किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2021 | 11:17:20 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ ह्वात्तै बढेको छ । बिहिबार तोलाको ८८ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि आज तोलामा ९ सयले नै बढेर ८९ हजार १५० रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर ११ सय ४० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ८२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ४३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ९७७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved