सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2021 | 11:13:26 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ८९ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ३ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि आज तोलामा ५ सयले नै बढेर ८९ हजार ८५० रुपैयाँमा किनबेच भईरहेको छ । 

आज चाँदीको भाउ भने तोलाको ११ सय ६० रुपैयाँमा स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ४२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ९९४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved