आज पनि बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2021 | 11:05:22 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९० हजार ४ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ९० हजार ६ सय पुगेको छ ।

तेजाबी सुनको भाउ पनि आज तोलामा २ सयले नै बढेर ९० हजार १५० रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ भने तोलाको ११ सय ७० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ६७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार २९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved