सुनको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2021 | 11:12:18 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९० हजार ७ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ९० हजार ६ सयमा आईपुगेको छ ।

तेजाबी सुनको भाउ पनि आज तोलामा १ सयले नै घटेर ९० हजार १५० रुपैयाँमा झरेको छ । 

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ६७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार २९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ११ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved