तोलाको ९२ हजारबाट पनि उकालो लाग्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2021 | 11:04:20 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउमा उल्लेख्य वृद्धि भएको छ । शुक्रबार तोलाको ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ९२ हजार १ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि आज तोलामा ४ सयले नै बढेर ९१ हजार ६ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ९६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ५३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved