सुनको भाउमा आज पनि वृद्धि, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2021 | 11:28:36 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार पनि सुनको भाउ बढेको छ । आइतबार तोलाको ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ९२ हजार ४ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि आज तोलामा ३ सयले नै बढेर ९१ हजार ९ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १२ सय ६५ रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार २२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ७९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved