आज पनि उकालो लाग्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2021 | 11:04:00 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार पनि सुनको भाउ बढेको छ । सोमबार तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर तोलाको ९२ हजार ६ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि आज तोलामा २ सयले नै बढेर ९२ हजार १ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ तोलाको १२ सय ६५ रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ९६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved