ट्रम्पका कारण विश्वभर महँगिदै सुन, नेपालमा कतिसम्म पुग्ला भाउ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 15, 2021 | 04:14:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सुनको भाउ निरन्तर बढिरहेको छ । आज तोलामा ३ सयले घटेर ९४ हजार ३ सयमा आएको भएपनि यो नेपालीको क्रयशक्ति भन्दा निकै बाहिर हो । सुनचाँदी व्यवसायीहरु नै सुनको भाउ उकालो लाग्नु नेपालीका लागि सुःखद नभएको बताउँछन् ।

सुनको भाउ बढ्नुका पछाडी अन्तराष्ट्रिय व्यापार नै मुख्य कारण हुने गर्दछ । सनचाँदीको भाउमा आउने उतारचढावमा नेपालको भूमीका हुँदैन । 

के के हुन् कारण ?

पछिल्लो समय सुनको भाउ बढ्नुको मुख्य कारक अमेरिका हो । अमेरिकामा ३१ वर्ष यताकै अत्याधिक महँगी बढेको छ । निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब १५ ट्रिलियन डलर छापेको र यसका कारण महँगी बढेको अनुमान अन्तराष्ट्रिय बजारमा हुँदै आएको छ ।

‘जति डलर प्रिन्ट गरेपनि बरोजगारी त बढि नै रह्यो’ सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियश शाक्य भन्छन्, ‘बेरोजगारी बढेपछि गरिबी बढेको छ, अमेरिकामा गरिबी बढ्दाको असर विश्व बजारमा पर्ने नै भयो, किनकी अन्तराष्ट्रिय व्यापार त डलरमा हुन्छ ।’

त्यस्तै बिट क्वाइनको भाउ अत्याधिक बढेकाले पनि डलर कमजोर भएको छ । बिट क्वाइनले डलर कमजोर पारेकाले पनि यसको असर सुनचाँदीको देखिएको छ ।

त्यस्तै केही दिनअघि सम्पन्न भएको ‘कोप २६’ मा चीन र रसियाका राष्ट्रपतिले भाग नलिएको कारण पनि अन्तराष्ट्रिय व्यापारमा दरार उत्पन्न भएको छ । जसका कारण मानिसहरु अन्य लगानीका क्षेत्र छोडेर सुन किनेर राख्ने मनस्थितीमा पुगेको र बजारमा सुनको माग ह्वात्तै बढेको छ । यसले पनि भाउ बढाउन भूमीका खेलेको नेपाली व्यवसायीहरु बताउँछन् । 

कति पुग्ला भाउ ?

सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियश शाक्य सुनको भाउ अन्तराष्ट्रिय बजारमा तीव्र रुपमा बढिरहेको बताउँछन् ।

हाल १८६० डलर प्रति औँस रहेको सुनको भाउ नेपाली बजारमा ९४ हजारको पेरिफेरीमा छ । यही क्रम जारी रहे सुनको भाउ १ देखि २ हप्तामै ९६ हजार कट्ने शाक्यको भनाई छ । यदि अन्तराष्ट्रिय व्यापारमा शक्ति राष्ट्रबीच टकराव कायम रहे सुनको भाउ नेपाली औसतको क्रय क्षमताभन्दा निकै बाहिर पुग्ने देखिएको छ ।

हाल नेपालमा दैनिक २० किलो सुन आयात भईरहेको छ । तर, बिबाहको लगन भएको मंसिर महिना सुरु हुन लागेकाले दैनिक ४० किलो सुनको माग भईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved