आज पनि घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2021 | 10:41:17 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार पनि सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९२ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ९१ हजार ८ सयमा आईपुगेको छ । 

तेजाबी सुनको भाउ पनि आज तोलामा ५ सयले नै घटेर ९१ हजार ३ सयमा झरेको छ । 

आज चाँदीको भाउ तोलामा एकैपटक ३० रुपैयाँले घटेर १ हजार २२५ रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ७०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार २७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ५० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved