सुनको भाउमा झिनो गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2021 | 10:46:56 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार पनि सुनको भाउ घटेको छ । बुधबार तोलाको ९१ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर तोलाको ९१ हजार ७ सयमा आईपुगेको छ ।

तेजाबी सुनको भाउ पनि आज तोलामा १ सयले नै घटेर ९१ हजार २ सयमा झरेको छ । 

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ६२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार १९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ५४ रुपैयाँ ५० कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved