सुनको भाउमा झिनो गिरावट, कति छ बजार भाउ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2021 | 10:40:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ९२ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ९१ हजार ९ सयमा आईपुगेको हो ।

तेजाबी सुनको भाउ पनि तोलामा १ सयले नै घटेर ९१ हजार ४ सयमा झरेको छ । 

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर तोलाको १२ सय ५ रुपैयाँमा आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ७९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ३६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ३३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved