सुनको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2021 | 10:53:12 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको ९१ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९१ हजार ३ सयमा आईपुगेको हो । 

तेजाबी सुनको भाउ पनि आज तोलामा २ सयले नै घटेर ९० हजार ८ सयमा झरेको छ । 

आज चाँदीको भाउ भने तोलाको ११ सय ९० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार २७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार ८४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार २० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved