दैनिक १० किलो सुन बरामद गर्दै ‘टाक्स फोर्स’, यात्रुको कि तस्करको ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2021 | 03:01:04 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अत्याधिक मात्रामा सुन बरामद हुन थालेको छ । अर्थ मन्त्रालयले विमानस्थलमा भन्सार जाँचपासका लागि ‘टास्क फोर्स’ बनाएर परिचालन गरेको छ । टास्क फोर्सले अवैध सुन नियन्त्रणमा लिइरहेको छ । मंसिर १३ गतेदेखि २३ गतेसम्म १० दिनमा ८१ किलो ५ सय ग्राम सुन बरामद भएको थियो ।

अहिले पनि टाक्स फोर्सले दैनिक रुपमा अवैध सुन समातिरहेको छ । विदेशबाट नेपाल आउने यात्रुले सुन ल्याउन पाउने सुविधा रहेपनि यसको दुरुपयोग हुँदै आएको छ । बरामद भएको सुन पनि भन्सार शुल्क तिराएर जसले ल्याएको हो उसैलाई दिने गरिन्छ । तर, भन्सार तिराएर जसले ल्याएको उसैलाई दिँदा त्यसरी आयात भएको सुन यात्रुले व्यक्तिगत प्रयोगका लागि ल्याएका हुन् वा तस्करले ल्याउन लगाएका हुन् भन्ने विषयमा अनुसन्धान भने खासै हुने गरेको पाईएको छैन ।

दैनिक १० किलो सुन भित्रिँदै

दुबई, कतार र मलेसियाबाट फर्केकाहरुले सुन लिएर आउने गरेका छन् । टाक्स फोर्स बनेको मितिदेखि आजसम्म हेर्ने हो भने दैनिक औसतमा १० किलो सुन बरामद हुने गरेको छ । 

सरकारले विदेशबाट फर्किदा झिटिगुण्डा ल्याउन दिने सुविधामा टेकेर दैनिक १० किलो सुन आयात हुने गरेको भेटिएको छ । तर, त्यसरी आएको सुन भन्सार तिरेर ल्याउने व्यक्तिले लगेपछि उक्त सुन बैध हुने भन्सारका अधिकारीहरु बताउँछन् । 

बरामद भएकोमध्ये अधिकांशले भन्सार तिरेर सुन लगेका छन् । तर, भन्सार तिरेर लगेपछि उसले के गर्छ भन्ने अनुसन्धान हुँदैन । नेपालमा वाणिज्य बैंकहरु बाहेकले सुन ल्याउनु आफैँमा गलत बाटो भएपनि थप अनुसन्धान नहुँदा त्यसरी आउने यात्रुकै हो वा तस्करको हो भन्ने थाहा हुने गरेको छैन ।

भन्सार तिरेर बैध बनाएर लगेपछि त्यस्तो सुन जसले लिएर आएको थियो, त्यसैको हुने विभाग स्रोत बताउँछ । विमानस्थलबाट भित्रिएको सुनमा भन्सार मात्रै तिरे पुग्छ । अहिले विमानस्थलले ५० ग्रामसम्मको सुनमा प्रति १० ग्राम ९ हजार ५ सय राजश्व लिने गरेको छ । 

प्रहरी के भन्छ ?

नेपाल प्रहरीले भने यसरी आउने सुन तस्करहरुले नै ल्याउन लगाएको दाबी गर्छ । केही घटनाहरुले तस्करीकै लागिसुन आएको पाईएपछि प्रहरीकै सल्लाहमा विमानस्थल भन्सारमा अहिले कडाई गरिएको केन्द्रीय प्रहरी प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको भनाई छ ।

विमानस्थलबाट थोरै थोरै सुन ल्याएका यात्रुबाट बाहिर संकलन गरेर सुनको अवैध कारोबार हुने गरेको भेटिएपछि अहिले भन्सारमा कडाई गरिएको उनको भनाई छ । यसपछि सुन आउने क्रम कम हुँदै गएको उनको दाबी पनि छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved