आज पनि घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2021 | 12:53:57 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ९२ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर ९२ हजार १ सयमा आईपुगेको छ । 

तेजाबी सुनको भाउ पनि तोलामा ४ सयले नै घटेर ९१ हजार ६ सयमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार ९६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ५३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ६७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved