घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2022 | 10:57:34 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार तोलाको ९३ हजार ४ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर प्रति तोला ९३ हजार १ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा ३ सयले नै घटेर प्रति तोला ९२ हजार ६ सयमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ८ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ३ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved