सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2022 | 10:44:30 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलवार  सुनचाँदीको भाउ घटेको छ । सोमवार तोलाको ९३ हजार १ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सयले घटेर प्रति तोला ९२ हजार २ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा ९ सयले नै घटेर प्रति तोला ९१ हजार ७ सयमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ६ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved