सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2022 | 10:45:13 AM मा प्रकाशित

laxmi bank citizenlife

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९२ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सयले घटेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ आईपुगेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा ३ सयले नै घटेर प्रतितोला ९१ हजार ९ सयमा कारोबार भईरहेको छ । 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर तोलाको १२ सय ५० रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार २२० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ७९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved