तोलामा १ सयले महँगियो सुन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2022 | 10:55:59 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ९२ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सयले बढेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा १ सयले नै बढेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भईरहेको छ । 

आज चाँदीको भाउ भने तोलाको १२ सय ५५ रुपैयाँ स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ९६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved