तोलामा १ हजारले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2022 | 10:45:51 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९२ हजार ७ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजारले बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा १ हजारले नै बढेर प्रतितोला ९३ हजार २ सयमा कारोबार भईरहेको छ । 

आज चाँदीको भाउ भने तोलामा एकैपटक ३० रुपैयाँले बढेर तोलाको १३ सय १५ रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ३३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ९०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय २७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved