सुनचाँदीको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2022 | 10:44:29 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९३ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सयले घटेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा आईपुगेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा ३ सयले नै घटेर प्रतितोला ९३ हजारमा कारोबार भईरहेको छ । 

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय १५ रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार १६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ७३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय २७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved