२ दिनमा १८ सयले सस्तियो सुन, आज पनि मूल्यमा भारी गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2022 | 10:44:44 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको ९३ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा आईपुगेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा ९ सयले नै घटेर प्रतितोला ९२ हजार १ सयमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १२ सय ६५ रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ९६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

सुनको भाउ बिहिबार पनि बुधबारको तुलनामा तोलामा ९ सयले नै घटेको थियो । पछिल्लो २ दिनमा सुनको भाउ तोलामा १८ सयले घटेको छ । चाँदी भने २ दिनमा प्रतितोला ३५ रुपैयाँले सस्तिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved