सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2022 | 12:17:18 PM मा प्रकाशित

laxmi bank ntc

आज बिहिबार सुनको भाउ बढेको छ । हिजो बुधबार तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँ पुगेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ५ सय रुपैयाँले नै बढेर तोलाको ९५ हजार ८ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८२ हजार ५६० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८२ हजार १३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved