तोलामा ९ सयले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2022 | 10:46:47 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको बढेको छ । हिजो बिहिबार तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ९ सय रुपैयाँले नै बढेर ९८ हजार रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेर तोलाको १ हजार २९० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८४ हजार ४५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८४ हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १०६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved