तोलामा २ सयले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2022 | 10:49:35 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको बढेको छ । आइतबार तोलाको ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सय रुपैयाँले नै बढेर ९७ हजार ६ रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १ हजार २९० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८४ हजार १०५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८३ हजार ६७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १०६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved