सुनको भाउमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2022 | 11:20:25 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार तोलाको ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १५ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला १५ सय रुपैयाँले नै बढेर ९८ हजार ७ सय रुपैयाँ पुगेको छ । 

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८५ हजार ५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८४ हजार ६२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved