सुनको भाउमा झिनो गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2022 | 10:38:16 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउमा झिनो गिरावट आएको छ । आइतबार तोलाको ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा झरेको छ । 

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ३ सय रुपैयाँले नै घटेर ९८ हजार ४ सय रुपैयाँ आईपुगेको छ । 

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८४ हजार ७९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८४ हजार ३६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved