तोलामा १८ सयले घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2022 | 10:44:56 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउमा गिरावट आएको छ । सोमबार तोलाको ९८ हजार ९ सय रुपैयाँमा भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १८ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार १ सय रुपैयाँमा झरेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला १८ सय रुपैयाँले नै घटेर ९६ हजार ६ सय रुपैयाँ आईपुगेको छ ।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार २४५ रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८३ हजार २५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८२ हजार ८२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved