आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2022 | 11:07:50 AM मा प्रकाशित

laxmi  sunrise bank

हिजो मंगलबार एकैदिन तोलामा १८ सय रुपैयाँले घटेको सुनको भाउ आज बुधबार पनि घटेको छ । मंगलबार तोलाको ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा झरेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ६ सय रुपैयाँले नै घटेर ९६ हजार रुपैयाँमा आईपुगेको छ ।

आज चाँदीको भाउ भने प्रतितोला १ हजार २४५ रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८२ हजार ७३५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८२ हजार ३०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved