आज पनि बढ्यो सुनचाँदीको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2022 | 10:37:14 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार तोलाको ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८ सय रुपैयाँ पुगेको छ । 

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ५ सय रुपैयाँले नै बढेर तोलाको ९७ हजार ३ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८३ हजार ८५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८३ हजार ४२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ९३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved