तोलामा १ सयले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2022 | 11:24:47 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ३ सय रुपैयाँ पुगेको छ । 

आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ सय रुपैयाँले नै बढेर तोलाको ९६ हजार ८ रुपैयाँमा किनबेच भईरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २४५ रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८३ हजार ४२० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८२ हजार ९९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved