सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2022 | 11:41:31 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ बढेको छ । आइतबार तोलाको ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ७ सय रुपैयाँ पुगेको छ । 

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ४ सय रुपैयाँले नै बढेर तोलाको ९७ हजार २ रुपैयाँमा किनबेच भईरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८३ हजार ७६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८३ हजार ३३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved