सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2022 | 11:26:40 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८ सय रुपैयाँ पुगेको छ । 

आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ सय रुपैयाँले नै बढेर तोलाको ९७ हजार ३ रुपैयाँमा किनबेच भईरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २४० रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८३ हजार ८५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८३ हजार ४२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved