आज बिहिबार सुनको भाउ घटेको छ । हिजो बुधबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ९३ हजारमा आईपुगेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजारले नै घटेर तोलाको ९२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बघेर प्रतितोला १ हजार १५५ रुपैयाँमा झरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ७३५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ३०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९९० रुपैयाँ कायम गरेको छ ।