आज शुक्रबार सुनको भाउ बढेको छ । हिजो बिहिबार तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ हजारले नै बढेर तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार १६५ रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार १६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९९९ रुपैयाँ कायम गरेको छ ।