सुनचाँदीको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2022 | 10:54:05 AM मा प्रकाशित

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ९४ हजार ४ रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा आईपुगेको छ । 

आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सयले नै घटेर तोलाको ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १५० रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ७६० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार ३३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९८६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved