आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ८ सय रुपैयाँ पुगेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला ८ सयले नै बढेर तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार १८५ रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार २७५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार ८४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १६ रुपैयाँ कायम गरेको छ ।