तोलामा २ सयले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2022 | 11:03:22 AM मा प्रकाशित

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ६ सय रुपैयाँ पुगेको छ । 

आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सयले नै बढेर तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ भने प्रतितोला १ हजार २२० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८१ हजार ९६० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८१ हजार ५३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved